गाेरखा– गायक दावा तामाङ्गको नयाँ गीति एल्बम ‘मनै भरि सजाउला’ रिलिज भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहेका गायक दावाले यस अघि पनि थुप्रै गित बजारमा ल्याएका छन् ।
गायक दावाले नै स्वर/ लय/ सम्पादन/ गरेका हुन् । एभिलिस्ट बि रेनद्वारा निर्देशन गरिएको उक्त भिडियोमा रोजगारीकै लागि लामो समय देखि कोरियामा रहदै आएकी र कोरियामा चर्चित नेपाली मोडल राजकुमारी तामाङ्गलाइ देख्न सकिन्छ ।
थुप्रै म्युजिक भिईडियोमा आफ्नो अभिनय गरेकि मोडल तामाङ्गलाइ आकर्षक गेटअप र अभिनय पर्दामा उतारिएको छ । बिदेशमा रहेर आफ्नो कामबाट बचेको समय नेपालि कलाकारितामा खर्चेर पनि आफुलाई अब्बल कलाकारको उपमा पाउन सफल भएकी छन् मोडल तामाङ्ग ।
स्मरण रहोस कहि समय अगाडी मात्र मोडल तामांगले गायिका मलिना राइको म्युजिक भिडीयो बाट उत्क्रिस्ट मोडलको अवार्ड पनि पाएकी थिइन ।
प्रतिक्रिया