+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा सांस्कृतिक समाजकाे दाेस्राे अधिबेशन सम्पन्न, अध्यक्षमा विरबल ढकाल चयन

पालिका लाइभ
२०७५ चैत्र २८, बिहीबार

काठमाडाैं- गोरखाली कलाकारको साझा सँस्था ‘गोरखा सांस्कृतिक समाज’काे दाेस्राे अधिबेशन सम्पन्न भएकाे छ । बुधबार काठमाडाैंमा  एक कार्यक्रमका विच दाेस्राे अधिबेशन सम्पन्न भएकाे हाे ।

अधिवेशनले विरबल ढकालकाे अध्यक्षमा २१ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । जसकाे वरिष्ठ उपाध्यक्षमा सुमन पण्डित, प्रथम उपाध्यक्षमा सुनिल लामिछाने, दितिय उपाध्यक्ष गणेश गुरुङ, उपाध्यक्ष सन्जय गुरुङ, रन्जिता गुरुङ, प्रेम अर्याल, महासचिव दिनेश थापा, उपमहासचिब सागर गुरुङ, सचिबमा रबिन लामिछाने, कोषाध्यक्षमा सुनिला गुरुङ, र सह कोषाध्यक्षमा रन्जित परियार चयन भएका छन् ।

 

‘गाेरखा र गोर्खालिको सान कला सस्कृतिकाे हाम्रो पहिचान’ काे नारा दिइ स्थापना भएकाे समाजकाे स्थापनाकालमा  स्वागिय डाक्टर उपेन्द्र देबकाेटाले उद्घाटन गरेका थिए ।

निवर्तमान अध्यक्ष दिपसागर थापाकाे अध्यक्षमा भएकाे कार्यक्रममा गाेरखा घर भर्इ हाल काठमाडाैंमा रहेका कलाकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमका गाेरखाका राजनितिक नेताहरू समेत एकै मन्चमा उधिकाएका थिए । कार्यक्रममा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, चिनकाजी श्रेष्ठ, एकनाथ ढकाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

गोर्खा समाज सेवाका अध्यक्ष महेश गुरुङ, पूर्व अध्यक्ष भास्कर श्रेष्ठ, हिराकाजी श्रेष्ठ, बेद प्रशाद काप्री, हरिमाया गुरुङ, बिरही कार्की, हरी मरर्हट्टा, हरी मास्के, बिष्णु पोख्रेल, चुडा देबकोटा, भिम तामाङ लगायतका अन्य सहभागी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ