+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड भन्छन् – गणतन्त्र उल्ट्याएर फेरि पुरानै निरङ्कुशतन्त्र अब असम्भव

पालिका लाइभ
२०७५ चैत्र १७, आईतवार

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर फेरि पुरानै निरङ्कुशतन्त्र अब नेपालमा असम्भव नरहेको दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालको २१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र उल्ट्याएर फेरि पुरानै निरङ्कुशतन्त्र अब नेपालमा असम्भव नरेहको दावी गरेका हुन् ।

‘तर यो परिवर्तनलाई कमजोर पार्न चाँही खोजिरहेका छन्’उनले भने ‘बालीमा लाग्ने झारपातलाई बेलाबेलामा उखेलेर फाल्नुपर्छ ।’ उनले त्यस्ता झारपात उखेल्न पत्रकारिता क्षेत्रले पनि भूमिका खेल्नुपर्ने बताए । एक अर्को प्रशंगमा प्रचण्डले सबै राजनीतिक शक्तिहरुलाई नयाँ संकल्पका लागि एकजुट हुन आग्रह गरे ।

अप्ठ्यारो परिस्थितीमा पनि निर्वाचन सकेर संविधान कार्यान्वयन प्रक्रियामा देशलाई लैजानुमा सबै राजनीतिक शक्तिहरुबीच सहकार्य भएको उनकाे भनार्इ थियाे । ‘सत्तापक्ष र प्रतिपक्ष छ । आलोचना र विवाद हुनुपर्छ । तर राष्ट्रहितमा सबैबीच समझदारी आवश्यक छ, ’ उनले भने ।

संविधान संशोधनको मागप्रति लक्षित गर्दै उनले सबै असन्तुष्टीलाई सम्बोधन गरेर संविधानलाई गतिशील दस्ताबेजको रुपमा स्थापित गर्नुपर्ने बताए । उनले समझदारीका आधारमा संविधान संशोधन गर्न सकिने संकेत पनि गरे ।

देशका लागि अहिलेको आवश्यकता विकास भएको भन्दै उनले २१अाैँ शताब्दीको परिस्थितीमा राष्ट्रिय अन्तराष्ट्रिय सहयोग लिएर विकास गर्नुपर्ने बताए ।

नेपाललाई गरिब देशको रुपमा नभै विकसित देशको रुपमा स्थापित गर्नका लागि सबै राजनीतिक शक्तिहरुबीच एकताको संकल्प गर्नुपर्ने बेला आएको उनकाे भनार्इ रहेकाे थियाे ।

अार्इतबार सकिएको लगानी सम्मेलनले विकास र समृद्धिमा धेरै महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले पछिल्लो समय नेपालको ऐतिहासिक उपलब्धिमाथि आक्रमण र षडयन्त्र भइहेको भन्दै चिन्ता व्यक्त गरे ।

‘कतिपय मानिसहरुले मिडियामा ऐतिहासिक उपलब्धिलाई बडो तितो र नमिठोसँग आक्रमण गरेको देख्छु । त्यतिबेला चिन्ता लाग्छ । किन यसो गरिदैछ ? शान्ति सम्झौता प्रचण्ड एक्लैले गरेको त होइन । गिरिजाप्रसाद कोइरालासहित ७ राजनीतिक दलले पनि गरेका हुन्,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ