+
Search

ताजा अपडेट +

पपुलर +

संजीवको ‘बादल’मा श्रेया र अनुरागको रोमान्स

पालिका लाइभ
२०७५ फाल्गुन १९, आईतवार

काठमाडाैं- करिव २ वर्ष पछी गायक संजीव खरेल आफ्नो नयाँ गीत ‘बादल’ लिएर स्राेता दर्शक माझ आएका छन। यसअघि उनले ‘मेरो मायामा’ बोलको गीत सार्वजनिक गरिसकेका छन।

बादल बोलको नयाँ गीतमा उनको आफ्नै एकल स्वर, शब्द र संगीत रहेको छ । गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन ।

रमाइलो ठाउँमा शुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले खिचेको हुन भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन।

श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारीको निर्देशनमा तयार भएको हो।

भिडियो संजीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ