काठमाडाैं- जलराप्ति डिजिटल म्युजिक प्र.लि.को नयां गित मायांको ब्यापारी सार्वजनिक भएको छ । यो गित म्यूजिक नेपालको युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।
शब्द र स्वरको कारणले निकै चर्चामा रहेको मायांको ब्यापारी बोलको गित उत्कृष्ट भिडियो बनेपछि झन चर्चा चुलिएको छ । यस गितमा बसन्तराज बिक र पार्वती रावले आवाज दिएका छन । शब्द, संगित चेतन गोतामेले गरेका छन ।
पछिल्लो समयका चर्चित निर्देशक बिशाल बैरागिले निर्देशन गरेको यस गितमा गौतम पोखरेल र साया भण्डारीले अभिनय गरेका छन । गितको भिडियोमा आफुले निकै मेहनत गरेको, कलाकारहरूले पनि सोचे जस्तो अभिनय गरेको कारणले गित उत्कृष्ट बनेको निर्देशक बैरागी बताउछन ।
मैले दर्जनौ गितहरूमा अभिनय गरें तर मायांको ब्यापारीमा झन राम्रो गरेजस्तो लागेको मोडल गौतम पोखरेल बताउछन । यस गितको छायांकन दिनेश मुस्कानले गरेका हुन भने सम्पादन अनिल बिष्ट प्युठानीले गरेका हुन ।
प्रतिक्रिया