+
Search

ताजा अपडेट +

पपुलर +

६४ इन्सपेक्टर डिएसपी बढुवाका लागि सिफारिस : जिप्रका गाेरखाका भट्टरार्इ पनि सिफारिस

पालिका लाइभ
२०७५ फाल्गुन १२, आईतवार

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।

बढुवा समितिको बैठकले शनिबार राति एक सूचना निकाल्दै ६४ इन्सपेक्टरलाई डिएसपी बढुवाको लागि सिफारिस गरेको हो।

बढुवा सिफारिसको पहिलो नम्बरमा हरि खतिवडा, दाेस्रो नम्बरमा मञ्जिल मुकारुङ, तेस्रो नम्बरमा जागेश्वर भण्डारी, चौथो नम्बरमा वेदप्रकाश जोशी छन्।

जिल्ला प्रहरी कार्यालय गाेरखामा कार्यरत प्रहरी निरिक्षक झबिन्द्र प्रसाद भट्टरार्इपनि बढुवाका लागि सिफारस भएका छन् ।

हेर्नुस् सिफारिस हुनेकाे पुरा सूची:

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ