+
Search

ताजा अपडेट +

पपुलर +

इराकको सुलेमनीमा मन्जुश्री सम्बत २८५५ सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न

पालिका लाइभ
२०७५ माघ १९, शनिबार

सुलेमानी (इराक)- इराकको कुर्दिस्तान स्थित सुलेमनीमा मन्जुश्री सम्बत २८५५ सोनाम ल्होछार (फग ल्हो) को अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक, कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तान इराकको संयुक्त आयोजनामा मन्जुश्री सम्बत २८५५ सोनाम ल्होछार ( फग ल्हो) को अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे हाे ।

श्रमिक हकहितका विषयमा बाेल्दै अाएकाे इराकी श्रमिक संस्था एफ. डब्लू. सि.डि.ओका संस्थापाक हामा हजारले नेपालीहरु बग्दादमा बेचिनु दु:खद कुरा रहेकोले न्यूनीकरण गर्न सहयोग गर्ने प्रतीबद्द्ता ब्यक्त गरे ।

कार्यक्रमका प्रमुख अथिति बिनोद श्रेष्ठले चाड पर्व बिदेशमा मनाउने बाताबरण बनाइ दिएकोमा धन्यबाद ब्यक्त गर्दै नेपाल सरकारले नै प्रतिबन्ध लगाएको देशमा हामी अाफै सचेत भएर काम गर्न र बैधानिक रुपमानै सिटि एक्सप्रेसबाट नै नेपालमा पैसा पठाउन उनले सुझान दिए । साथै सबै नेपालीले हरेक दुख सुखमा साथ दिनु पर्ने र आफुले सकेको सहयोग आफ्नो तर्फबाट पनि गर्ने प्रतिबद्धता जनाएकाे अायाेजकले जनाएकाे छ ।

कार्यक्रममा मेहेन्दो माया गायक कान्छा लामाले सेलो गायक नोर्साङ शेर्पा र साजन शेर्पा लोकदोहोरी गायिका सोनिया तामाङ लागाएत अन्य गायककारहरुले गायन प्रस्तुत गरेर दर्सकहरुलाई नचाएका थिए । त्यस्तै गरि संस्कृती झल्काउने पहिरन सहित कलाकारहरुले नृत्य प्रस्तुत गरिएकाे थियाे। कार्यक्रममा कुर्दिस्तान अासपासका करिव ६ सय नेपालीहरूकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका उपाध्यक्ष विजय तामाङ, कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष राजिब थिङ र नेपाली महिला समाजका अध्यक्ष सानू शेर्पा, सिटि एक्सप्रेस मनि ट्रान्सफर इराकका प्रतिनिधि बिनोद श्रेष्ठ, श्रमिक संस्थाका हामा हजार, सामाजिक अभियान्ता सुजान यासिन र विभिन्न संघ संस्था का पदाधिकारी लगाएत कलाकारको उपस्थिती थियोे ।

याे कार्यक्रमकाे मिडिया पार्टनर गाेरखासन्देश डटकम लगायतका अन्य मिडियाहरू रहेका छन् । सिटी एक्सप्रेस मनि ट्रान्सफरकाे प्रायाेजकमा भएकाे कार्यक्रमकाे शेर्पा ग्रुप सहयाेगी रहेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ