+
Search

ताजा अपडेट +

पपुलर +

पूजाको मन सम्हाल्दै आकाश र सोनम, निकै हट र बोल्ड पहिरनमा देखिइन

पालिका लाइभ
२०७५ माघ १४, सोमबार

काठमाडाैं- नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ निर्माण घोषणा भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको औपचारिक निमार्ण घोषणा गरिएको हो।

सुदर्शन थापाको निर्देशनमा निर्माण हुने यस फिल्ममा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र सोनम तोप्देनको मुख्य अभिनय रहने छ।

प्रेम कथामा आधारित भएर निर्माण हुने फिल्मलाई गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्मालिन्छ कहिले मन’बाट प्रभावित भएर निमार्ण गरिएको निमार्ण युनिटले बताएको छ।युनिटका अनुसार फिल्ममा उक्त गीतमा प्रस्तुत कथा लाइनलाई नै विषयवस्तु बनाइएको छ।

फिल्ममा अन्य कलाकारहरू गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतको अभिनय रहने छ।रमेश दवाडीको कथा लेखनमा रहेको फिल्ममा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेन छ भने फिल्मलाई सौरभ लामाले खिच्ने छन्।

यसअघि भदौ महिनाबाट प्रदर्शनमा आएको फिल्म ‘राम कहानी’मा एक साथ देखिएको अकाश र पूजाको जोडी ‘सम्हालिन्छ कहिले मन’मा पुनः दोहोरिन लागेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ