+
Search

ताजा अपडेट +

पपुलर +

सांसद दवाडीकाे सम्पूर्ण तलब भत्ता सामाजिक कार्यमा, १२ लाख भन्दा बढि गरे सहयाेग

पालिका लाइभ
२०७५ माघ ८, मंगलवार

गाेरखा- गाेरखा क्षेत्र नं. २ (ख) बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो सम्पूर्ण तलव भत्ता सामाजिक कार्यममा खर्च गर्ने भएका छन्। दवाडीले आफ्नो हालसम्मको तलव भत्ता आफ्नो निर्वाचन क्षेत्र र सामाजिक कार्यमा खर्च गरेको जानकारी दिएका हुन् ।

पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी सांसद दवाडीले प्रदेश सांसदको सपथ लिँदा घोषणा गरेअनुसार नै हालसम्म प्राप्त सम्पूर्ण तलब भत्ता सामाजिक कार्यमा खर्च गरेको बताए ।

उनले हालसम्म प्रदेश सांसद बापतको ७ लाख ३० हजार ३१५ रुपैयाँ प्राप्त गरेको जानकारी दिदै उक्त रकममा चार लाख ९० हजार ९०५ रुपैयाँ थपेर कुल १२ लाख २१ हजार २२० रुपैयाँ आफ्नो निर्वाचनमा सहयोग गरेको बताए ।

प्रदेश सांसद दवाडीले विभिन्न आमा समूह, सामुदायिक प्रहरी, युवा क्लव, विद्यालय, तातोपानी संरक्षणलगायतलाई सहयोग गरेको बताए । सांसद दवाडीले आगामी दिनमा पनि आफ्नो सम्पूर्ण तलव, भत्ता सामाजिक काम तथा विकास निर्माणमा वितरण गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ