+
Search

ताजा अपडेट +

पपुलर +

आईएनजिओप्रति इमरान खानको कडा नितीः ६० दिनभित्र पाकिस्तान छोड्न आदेश

पालिका लाइभ
२०७५ आश्विन २२, सोमबार

काठमाडौं –पाकिस्तान प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले अन्तराष्ट्रिय संस्था (एनजीओ)हरुलाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ ।

केही समयअघि मात्र प्रधानमन्त्रीमा नियुक्त भएका खानले यसअघि नै एनजिओमाथी कडा प्रतिवन्ध लगाउने चेतावनी दिंदै आएका थिए । उनी नेतृत्वको सरकारले सबै संस्थाहरुलाई आफ्ना सबै काम बन्द गरेर पाकिस्तान छोड्न आदेश दिएको छ ।

उक्त निर्णयबाट प्रभावित एक्सन एड नामक संस्थाले पाकिस्तान सरकारको यो फैसला सिभिल सोसाईटी माथिको हमला भएको टिप्पणी गरेको छ । पाकिस्तानमा एक्सन एड,प्लान इन्टरनेशनल र सेभ द चिल्ड्रनलगायत संस्थाहरुले काम गर्दै आएका छन् ।

पाकिस्तानको गुप्तचर संस्था आईएसआईले अन्तर्रा्ष्ट्रिय संगठनहरुलाई शंकास्पद दृष्टिबाट हेर्ने गर्दछ । यसअघि अमेरिकी गुप्तचर संस्था सीआईएले ओसामा बिन लादेनलाई खोज्ने गोप्य उद्देश्यसहित सेभ द चिल्ड्रनले फर्जी खोप अभियान चलाएको आरोप पाकिस्तानले लगाउंदै आएको छ । तर,उक्त आरोपको सेभ द चिल्ड्रनले खण्डन गरेको थियो ।

पाकिस्तानमा मानव अधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेको बेला सरकारले यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१७ मा पनि पाकिस्तानले यस्तै निर्णय लिएको थियो तर पश्चिमा सरकारको दबावमा उक्त निर्णय फिर्ता लिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ