गाेरखा- पछिल्लो समय चाड पर्बलाई आधार मानेर एक पछि अर्को उत्कृष्ट गीत सांगीतिक बजारमा आइरहेका छन। विशेष गरि दसैँ र तिहार प्रदेशीको कथालाई आधार मानेर गीतहरु बजारमा आई रहेका छन ।
यसै क्रममा स्वदेशमा प्रयाप्त रोजगारको ब्यबस्था नभएको कारण बाध्यता बस घर परिवार र आफ्नो देशै छोडेर परदेशमा पसिना बगाउन गएको छोरो बिना कारण मर्नु पर्ने तितो सत्यमा आधारित मर्म स्पर्सी गित ‘फाँसी’ सार्वजनिक भएको छ ।
नेपाली लोक सांगीतिक क्षेत्रका पुराना गायक तथा संगीतकार बिष्णु खत्रीको एकल आवाज र संगीतमा सजिएको गीतमा लय तथा शब्द दिलिप रेग्मीको रहेको छ ।
रेग्मीले गीतमा गरिबीको चपेटामा परेको परिवारको छोरो ऋण धन गरेर विदेशिएको र बिना कारण फासीमा चड्नु परेको कथा लाई अति मार्मिक हिसाब ले प्रस्तुत गरेका छन।
रमेश रसाइलीको सम्पादन रहेको गितमा दिलीप रेग्मीले उत्तीकै न्याय दिएर निर्देशन गरेका छन l मरुभूमि नारायणको छायांकन रहेको गितमा दिलिप रेग्मी आफै ले आभिनाय गरेका छन।