काठमाडाैं- इण्डोनेशियाको तटीय सहरमा शुक्रवार आएको ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या ३८४ पुगेको छ।
सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको अधिकारीहरूले जनाएका छन् ।
प्रकोप व्यवस्थापन सम्बन्धी कार्यालयका सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार ३८४ जनाको मृत्यु भएको छ। मृत्युको सङ्ख्या बढ्ने सक्ने अधिकारीहरू बताउँछन् । सुनामी आएपछि मानिसहरू आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए ।
शक्तिशाली पराकम्पपनले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु सहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको स्थानीय बासिन्दाले बताएका छन्। इण्डोनेशियाको तटीय सहरमा शुक्रवार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प आए लगत्तै शक्तिशाली सुनामीले पनि आएको हो।
प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयंसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरू पनि गरिरहेको छन् ।
प्रतिक्रिया