+
Search

ताजा अपडेट +

पपुलर +

अरुण समातिएपछि विनोद चौधरीले भने : बाँसबारीको जग्गालाई लिएर सरकारले प्रतिशोध साँध्यो

पालिका लाइभ
२०८० माघ १९, शुक्रबार

काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका छन् ।

कांग्रेस संसदीय दलको बैठकपछि नयाँबानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गरे ।

सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि उनले धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताए ।

‘लगानी सम्मेलन गर्न लागिरहेको समयमा यस्ता कार्यले उद्योगी व्यवसायीको मनोबल खस्किन्छ’, उनले भने ।

याे पनि,

उद्योगी व्यवसायीहरु भन्छन्- अरुण चौधरीको पक्राउले हाम्रो मानमर्दन भयो

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हडपेको आराेपमा विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

अरुण चौधरी र अजितनारायण थापालाई हिरासतमा नराखी चिरायु अस्पताल लगियो

‘सेतो जुत्ता’को नाममा विनोद चौधरीको ‘कालो धन्दा’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ