+
Search

ताजा अपडेट +

पपुलर +

महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगको पत्र- कारवाही पुष्टि हुने आधार देखिएन

पालिका लाइभ
२०७८ जेष्ठ १९, बुधबार

काठमाडौं- निर्वाचन आयोगले जसपाका दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई गरेको निष्कासको कारवाहीलाई मान्यता नदिई आधिकारिकता पुष्टि हुने कागजात मागेको छ ।

आयोगले दुवै अध्यक्षलाई बुधबार पत्राचार गर्दै मंगलबार दुवै पक्षले पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको छ ।

जसपाको ठाकुर–महतो पक्षले मंगलबार अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको थियो भने यादव–भट्टराई पक्षले अध्यक्ष ठाकुरसहित नेताहरु महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको थियो।

बै पक्षबाट एक अर्कालाई हटाएको र निर्णय अभिलेखीकरण गरिदिँनू भन्दै निवेदन आएको भन्दै प्रमुख आयुक्त थपलियाले यसबारे आयोगले अध्ययन गरिरहेको बताए।

‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम उहाँहरुले जानकारी दिनुपर्छ भन्ने छ, त्यसअन्तर्गत आफूहरुले गरेको निर्णय अभिलेखिकरण गरिदिनू भनेर निवेदन दिनुभएको छ,’ उनले भने, ‘यदी कुनै विवाद छैन, स्वभाविक रुपले अधिवेशन हुन्छ, निणय हुन्छ र आउँछ भने हामीले अभिलेखीकरण गर्ने हो। केही प्रष्ट भएन भने हामीले त्यसबारे अध्ययन गर्छौं।’

तर पार्टीमा विवाद देखिए दफा ५१ अनुसार अघि बढ्न नमिल्ने उनले बताए। पार्टीमा प्रस्ट रुपमा विवाद देखिए दफा ४३ अनुसार अघि बढ्नु पर्ने उनको भनाइ छ। दफा ४३ मा दुई वा दुई भन्दा बढी दल र एउटै दलका दुई वा दुई भन्दा बढी पक्षबीच विवाद भयो भने त्यो विवाद समाधानबारे उल्लेख गरिएको उनले जानकारी।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ