+
Search

ताजा अपडेट +

पपुलर +

प्रजातन्त्र दिवसमा नेवि संघ गोरखाले गर्यो दिप प्रज्वलन

पालिका लाइभ
२०७५ फाल्गुन ८, बुधबार

गाेरखा- ६९ औ प्रजातन्त्र दिवसको अवसरमा मंगलबार नेपाल विद्यार्थी संघ गोरखाले दिप प्रज्वलन कार्यक्रम गरेको छ । गोरखा वसपार्क स्थित पुर्व बिधार्थी नेता स्वर्गीय श्याम सुन्दरको सालिक परिसरमा दिप प्रज्वलन गरि कार्यक्रम गरिएको हाे।

नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा भएको कायक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति सुकदेव दवाडी रहेका थिए ।

कार्यक्रममा मन्तव्य दिदै अध्यक्ष अधिकारीले अहिलेको सरकारले प्रजातन्तलाइ नै निमोठ्ने काम गरेको भन्दै अहिले देशमा भएका बढ्दो बलात्कार र भ्रस्टचार, वाइडबडि काण्ड, सुन तस्करी काण्ड देखि थुप्रै बिबादित कामको आलोचना गर्दै अब प्रजातन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपालि काग्रेस र नेवि संघको रहेको दावी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ