+
Search

ताजा अपडेट +

पपुलर +

गायिका सुनिला गुरूङकाे ‘म त चेली उत्तरी गाेरखाकाे’ बजारमा [भिडियाे]

पालिका लाइभ
२०७६ फाल्गुन २०, मंगलवार

गाेरखा- गाेरखाली गायिका सुनिला गुरूङकाे अावाज रहेकाे ‘म त चेली उत्तरी गाेरखाकाे’ बाेलकाे गीतकाे म्युजिक भिडियाे युटुबमा रिलिज भएकाे छ।

गणेश गुरूङकाे शब्द तथा लय रहेकाे गीतकाे भिडियाे निर्देशन पनि गुरूङले नै गरेका छन् भने पर्सन गुरूङकाे काेरियाेग्राफी रहेकाे छ ।

पर्यटन बर्ष २०२० लाई लक्षित गरी उत्तरी गाेरखाकाे काशीगाउँ, माछीखाेला, नाैली खाेला झरना, बुढी गण्डकी लगायत थुप्रै रमणीय स्थानहरूमा छायांकन गरिएकाेले यस भिडियाेबाट उत्तरी गाेरखाकाे पर्यटन प्रबर्द्दनमा टेवा पुग्ने विश्वास लिएकाे कुरा गायिका गुरूङले बताइन् ।

चर्चित माेडल तथा गुरूङ फिल्मका नायक नायिकाहरू वीरबल घले (विरूप) र अनुता गुरूङकाे मुख्य अभिनय रहेकाे भिडियाेमा स्थानिय काशीगाउँका कलाकारहरूले काेरस नृत्य गरेका छन् ।

स्थानिय लाेपाेन्मुख माैलिक सांस्कृतिक नाचहरू बन्दी दुर्गा नाच, मारूनी नाच र बाेन्पाे लामा नाचहरू समेत समेटिएकाेले भिडियाे साँच्चै नै उत्कृष्ट र हेर्न लायक बनेकाे छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ