काठमाडौ- ‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्धेश्यका साथ गर्न लागीएको साधना म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ३८ विद्यामा १९० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक समितिकी अध्यक्ष सामना शाहद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
सामना म्युजिक एण्ड क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा राष्ट्रिय, आधुनिक,लोकदोहोरी, लोक पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अनलाईन भोटिङ र जज हरुको मुल्याङकनको आधारमा अवार्ड कार्यक्रम आयोजना गरिने उनले बताइन ।
उनका अनुसार अवार्डमा ५० प्रतिशत भोटिङ बाँकी ५० प्रतिशत बाँकी जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिनेछ ।उत्कृष्ट पाँचमा परेका कलाकर्मीलाई केही दिनमा नै एक कार्यक्रम विच प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम संयोजक गौत्तम शेर्पाले जानकारी दिए ।
साधना म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रतिक्रिया