+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरले ४ वटा एम्बुलेन्स नुवाकाेट पठायाे, २ वटा विमानस्थलमा स्ट्यान्डबाई

फाइल तस्बिर
पालिका लाइभ
२०८३ भाद्र १०, बुधबार

काठमाडौं– आज भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले जनधनको ठूलो क्षति भएको अवस्थामा काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन समितिको बैठक बसेर आफ्नो भूमिकाको तयारीका विषयमा छलफल गरेको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकले प्रतिकार्य सञ्चालन गर्ने, समन्वय र सहजीकरणको लागि समितिका सदस्यसचिव एवम् विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई तोक्ने निर्णय गरेको छ ।

काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका ४ वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइएको छ । २ वटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा तयारी अवस्थामा राखिएको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्ने र घाइते बिरामीहरूका लागि आवश्यकता अनुसार औषधि उपलब्ध गराउने समितिले निर्णय गरेको छ ।

महानगरपालिका आपत्कालीन सञ्चालन केन्द्रमा मौज्दात रहेको विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरू आवश्यकता अनुसार प्रदान गरिनेछ ।

सामान तथा औषधि अपुग हुने देखिएमा विपद् व्यवस्थापन कोषबाट खरिद गरेर उपलब्ध गराउने समितिले निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ