काठमाडौं– ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदाहरुको निर्माणमा सहज हुनेगरी सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सम्पदा निर्माण/पुनर्निर्माणमा समस्याको रूपमा देखिएको सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका हुन् ।
मेयर महर्जनले आफूले मेयरको रुपमा काम गर्दा सबै भन्दा ठूलो समस्याको रूपमा सो ऐन देखेकाले सरकारले त्यसलाई तत्काल संशोधन गरेर विकास, निर्माणको कामलाई सहज बनाउनुपर्ने बताए ।
उनले भने, ‘मठ, मन्दिर, शिवालय, देवालय अर्थात सम्पदा बनाउनको निमित्त यो सार्वजनिक खरिद ऐनमा एउटा विशेष दफा जोडियोस् । जसले गर्दा काम गर्न निकै सहजीकरण होस् । सजिलो होस् । र हाम्रो जति पनि वर्कम्यानसीप छ । त्यो काममा एकदमै राम्रो नतिजा निस्कियोस् ।’
त्यस अवसरमा मेयर महर्जनले आफूले ललितपुर महानगरपालिकाको क्षेत्रभित्रका सबै सम्पदाहरूको पुनर्निर्माणको काम सम्पन्न गरिसकेको दाबी समेत गरे ।
प्रतिक्रिया