काठमाडौं– नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार चालु आवमा चैत मसान्तसम्ममा बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा ०.३४ प्रतिशत बढेको हो ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपयाँ ३४ पैसा छ । प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ७९ पैसा छ । बजारमा प्रतिसेयर कारोबार मूल्य पनि सोही हाराहारीमै छ ।
बैंकको निष्क्रिय कर्जा केही घटे पनि चुनौती उत्तिकै छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४. ९६ प्रतिशत छ । पहिले यस्तो कर्जा ५.४५ प्रतिशत थियो ।
१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ३९ करोड १ लाख रुपैयाँ सञ्चित छ।
बैंकको लाभांश बाँड्ने क्षमता कमजोर छ ।
वितरणयोग्य मुनाफा जम्मा ३२ करोड १३ लाख अर्थात् प्रतिसेयरमा २ रुपैयाँ ९२ पैसा मात्र छ।
बैंकको आधार दर घटेर ४.७१ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया