+
Search

ताजा अपडेट +

पपुलर +

आज मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल

पालिका लाइभ
२०८२ मंसिर २४, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक जिम्मेवारी पूरा गर्नमा समय व्यतीत हुनेछ । नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । जोखिमपूर्ण गतिविधिहरूबाट जोगिनुहोला । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजको दिनले चुनौती र अवसर दुवै लिएर आउनेछ । करियरलाई लिएर प्रगति हुनेछ। कार्यक्षेत्रमा मानसम्मान प्राप्त हुनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अक २ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

संयमित र स्पष्ट संवाद कायम राख्नुहोस् । आर्थिक पक्ष सबल रहनेछ । विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ मिल्नाले मनोबल उच्च रहनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ वस्त्र आभूषणले सौन्दर्यमा निखार आउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । सम्मानित कार्यले समाजमा नाम स्थापित हुनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अनावश्यक काममा अल्मलिदा कार्यक्षेत्रमा पछि परिनेछ । अनियन्त्रित खर्चबाट जोगिनुहोस् । यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं । चर्म रोग सम्बन्धी समस्याले सताउन सक्छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । शुभचिन्तकहरूको सहयोगले आर्थिक कार्यमा सफलता मिल्नेछ । उत्तम भोजनको प्राप्ति हुनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आँटेको कार्य सिद्ध हुनेछ । उच्च अधिकारीको साथ र सहयोग मिल्नाले नयाँ कामतर्फ मन लाग्नेछ । नोकरी वा पेशामा कार्यको तारिफ हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परोपकारको लागि उत्तम समय रहेको छ । धार्मिक स्थलहरूमा भ्रमणका योग छन् । प्रशासनिक र राज्यपक्षबाट सहयोग मिल्नेछ । दामपत्य जीवन सुमधुर रहनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

स्वास्थ्यलाई लिएर खानपिनमा सावधान रहनुहोस् । मन अशान्त रहनेछ । समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् । नयाँ अनुबन्ध र सम्झौताको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ । साझेदारी व्यापारमा कुनै कुरालाई लिएर असन्तोषको भावना जागृत हुनेछ । स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

शत्रुमाथि विजय प्राप्त हुनेछ । धन खर्चमा वृद्धि हुनेछ । योग्यताको उचित मूल्यांकन हुनेछ । विवादास्पद विषयवस्तुमा सफलता प्राप्त हुनेछ । सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ । कार्यक्षेत्रमा अनुकुल परिस्थितिको आनन्द उठाउन सक्नुहुनेछ । योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ