+
Search

ताजा अपडेट +

पपुलर +

आज मंसिर १४ गते आइतबार, यस्तो छ तपाईको राशिफल

पालिका लाइभ
२०८२ मंसिर १४, आईतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

वैदेशिक रोजगारी तथा विदेशसँग सम्बन्धित कार्यहरुबाट सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधानी अपनाउनुपर्ने समय रहेको छ । अरुको काममा चासो लिँदा आफ्नो काम समयमा सम्पादन गर्न नसकिने अवस्था आँउन सक्छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आँटेको कार्य समयमा सम्पादन हुनाले मनमा हर्ष र उमंग छाँउनेछ । आफ्ना प्रियजनको साथ र सहयोगले नयाँ कार्य थालनी होला । सन्तान पक्षको प्रगतिले मन प्रशन्न रहनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आर्थिक वा व्यावसायिक क्षेत्रमा सुधार हुनेछ । शत्रुमाथि विजय पाउने समय रहेको छ । आफुलाई लागिरहेको शंका र दुविधाहरूको समाधान हुनेछ । नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ र सहयोग पाइनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्यक्षेत्रमा सतर्कता अपनाउनुपर्ने हुन्छ । कसैसँग बोल्दा विचार पुर्याएर बोल्नुपर्ने समय रहेको छ । शुभ र मांगलिक कार्यको घरपरिवारसँग चर्चा हुनेछ । विद्यार्थीहरुलाई उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन् । आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मन प्रसन्न रहनेछ । रचनात्मक कार्यमा मन लाग्नेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला । कार्यक्षेत्रमा प्रभाव बढ्नेछ । पढाइ र प्रेममा सफलता मिल्नेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गराउनको लागि उचित समय रहेको छ । आफन्तहरूको साथ र सहयोग पाइनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला । आफ्नो कमजोरी माथि टिका टिप्पणी हुनसक्ने कुराबाट सावधान रहनुहोला । अधुरा र अपुरा कामहरू सम्पन्न हुने योग छ । आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सन्तानको पठनपाठनमा धन खर्च हुनेछ । वकालतको क्षेत्रमा आफ्नो कुरालाई स्थापित गर्न सकिनेछ । गृहिणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ । समग्रमा आजको दिन यहाँहरुको लागि मिश्रीत फलदायी रहेको छ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशी हुनेहरुका लागि प्रशासनिक क्षेत्रमा प्रभाव र रुचि बढ्ने समय रहेको छ । स्वास्थ्यलाई लिएर समस्या हुन सक्छ तसर्थ व्यायाम र आहारविहारमा विशेष ध्यान दिनुहोला । पारिवारिक मुद्दा मामलाहरू सुल्झाउनमा सफल भईनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ