+
Search

ताजा अपडेट +

पपुलर +

कमल थापालाई भेट्न गएका राप्रपा सांसद सिंह प्रहरी परिसरबाटै पक्राउ

पालिका लाइभ
२०८२ जेष्ठ १८, आईतवार

काठमाडौं- राप्रपा सांसद दीपक सिंह प्रहरी परिसर काठमाडौँबाट पक्राउ परेका छन् । सिंह परिसर पुगेका बेला उनलाई पक्राउ गरिएको हो ।

राप्रपा महामन्त्री शरदराज पाठकले भने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद दीपक सिंहलाई बिनाकारण पक्राउ गरेर थुनामा राखिएको खबर पाएको बताएका छन् ।

यसअघि आइतबार राजावादीको आन्दोलन स्थल नक्सालको नारायणचौरबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ