+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड भन्छन्- अबको दिन हाम्रो हुने छ

पालिका लाइभ
२०८२ जेष्ठ १, बिहीबार

बैतडी– माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दै छ ।

अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष प्रचण्डले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन् ।

भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको भएको र त्यसको समाधान गर्न सहयोग गर्ने प्रचण्डले प्रतिबद्वता जनाए ।

प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताए ।

उनले भने- ‘तराई को अभियानले माओवादी प्रति जनतामा एउटा नयाँ उभार आएको छ। अबका दिन माओवादी र, जनताको दिन समग्रमा हाम्रो हुनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ