काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।
रसुवा भन्सार कार्यालयमा कुल ३६ स्थायी कर्मचारीको दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेका छन्।
त्यस्तै, कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा आएका छन्।
हालसम्म ११ जना स्थायी कर्मचारी र तीन जना करार तथा ज्यालादारी कर्मचारी सम्पर्कविहीन रहेको भन्सार कार्यालयको पछिल्लो विवरण छ।
सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन भइरहेकाले उनीहरूको अवस्थाबारे थप विवरण संकलन गर्ने काम भइरहेको छ।
प्रतिक्रिया