+
Search

ताजा अपडेट +

पपुलर +

महानगर प्रहरीको नमस्ते सेवा अभियान सुरु, नागरिकसँग नम्र बन्न डंगोलको निर्देशन

पालिका लाइभ
२०८३ असार १६, मंगलवार

काठमाडौं– काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई नागरिकसँग गरिने संवाद नम्र र सरल बनाउन तथा कानुन कार्यान्वयनमा कडा बन्न निर्देशन दिएकी छन् ।

आजदेखि वसन्तपुरबाट सुरु गरिएको महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतना कार्यक्रम ‘नमस्ते सेवा अभियान’ को शुभारम्भ गर्दै उन यस्तो निर्देशन दिएकी हुन् ।

‘रुखो बोलेर कानुन कार्यान्वयन हुने होइन । जिम्मेवारीप्रतिको इमानदारिताले सहरी व्यवस्थापनका लागि तोकिएका व्यवस्था कार्यान्वयन हुन्छन्,’ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘नागरिकले मेरो प्रहरी भन्ने महसुस गर्ने गरी पहिचान स्थापित गर्नोस् । दायित्वलाई सेवामूलक, जनउत्तरदायी, सबल, सक्षम र गुणस्तरीय रूपमा सञ्चालन गर्नु महानगर प्रहरी बलको योग्यता हो । आफ्नो योग्यतालाई नागरिक सेवामा समर्पण गर्नोस् ।’

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले, महानगर प्रहरी बलले थालनी गरेको अभियानबाट प्रहरीलाई नागरिकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरे ।

महानगर प्रहरी बलले, ट्राफिक व्यवस्थापन, फोहर अनुगमन, अनधिकृत व्यापार नियन्त्रण, विपद् व्यवस्थापन, सम्पदा व्यवस्थापन लगायत क्षेत्रमा काम गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ