+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, ८७ जना घाइते

पालिका लाइभ
२०८३ असार १६, मंगलवार

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो ।

यस्तै, देशभर भएका विभिन्न सवारी दुर्घटनामा ७६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार कोशी प्रदेशमा २९ जना घाइते भएका छन् भने मधेस प्रदेशमा ४ जना घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा २८ जना घाइते भएका छन् भने काठमाडौं बाहेक बागमती प्रदेशमा ५ जना घाइते भएका छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ७ जना, कर्णाली प्रदेशमा २ जना र लुम्बिनी प्रदेशमा १ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ