+
Search

ताजा अपडेट +

पपुलर +

वित्तीय कारोबार गर्दा कागजपत्र बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

पालिका लाइभ
२०८२ फाल्गुन २६, मंगलवार

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कागजपत्र राम्ररी बुझेर मात्र हस्ताक्षर गर्न सर्वसाधारणलाई सचेत गराएको छ । वित्तीय साक्षरता बढाउने उद्देश्यले सार्वजनिक गरिएको सूचनामा बैंकले यस्तो आग्रह गरेको हो ।

सूचनामा उल्लेख गरिएअनुसार कुनै पनि वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्त तथा नियममा बाँधिएका हुन्छन् । ती सर्तहरूको पालना गर्नु दुवै पक्षको कानुनी जिम्मेवारी हुन्छ । त्यसैले पछि समस्या आउन नदिन हस्ताक्षर गर्नुअघि कागजमा उल्लेख गरिएका सर्तहरू राम्रोसँग पढ्ने र नबुझेमा प्रश्न सोधेर स्पष्ट बुझ्ने आग्रह गरिएको छ ।

राष्ट्र बैंकका अनुसार ग्राहकले वित्तीय सेवा लिनुअघि सम्बन्धित कागजातका सर्तहरू पढेर बुझ्नुपर्छ । यदि कुनै कुरा नबुझेमा सेवा प्रदायकसँग सोधेर स्पष्ट हुनुपर्छ र हस्ताक्षर गरिएको कागजको एउटा प्रति सुरक्षित राख्नुपर्छ ।

ग्राहकलाई सर्तहरूबारे प्रश्न सोध्ने र जानकारी लिन पाउने अधिकार हुन्छ भने ती सर्तहरू स्पष्ट रूपमा बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायकको हुने बैंकले जनाएको छ ।

नियमअनुसार कारोबारसँग सम्बन्धित आवश्यक विवरण र सूचना उपलब्ध गराउनु ग्राहकको दायित्व पनि भएको बताइएको छ ।

ग्राहकले सोधेका प्रश्नको सरल र सही उत्तर दिनु, साथै कारोबारसम्बन्धी आवश्यक सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवा प्रदायकको जिम्मेवारी हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ