काठमाडाैं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीति अब सरकार बनाउने र टिकाउने फोहोरी खेलबाट बाहिर निस्कनुपर्ने बताए छन् ।
आइतबार काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आगामी ५ वर्षको समयलाई ‘परिणामको समय’ बनाउनुपर्नेमा जोड दिए ।
उनले राजनीतिक नेतृत्वको सम्पती छानबिनदेखि मध्यम वर्गलाई आर्थिक राहत दिनेसम्मका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्दै कांग्रेसले अबको निर्वाचनपछि सुशासनको नयाँ मानक स्थापित गर्ने दाबी गरे।
थापाले विगतका वर्षहरूमा सरकार बनाउने र टिकाउने धन्दामा सबै दलहरू अल्झिएको स्वीकार गर्दै अबको संसदले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्ने बताए ।
‘३२ सिट हुनेलाई पनि प्रधानमन्त्री चाहिने र थोरै सिट हुनेलाई पनि गृहमन्त्री नै चाहिने प्रवृत्तिले देश विकास हुन सकेन’, उनले भने, ‘अबको ५ वर्ष हामी एक क्षण पनि खेर नफालिकन सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौँ ।’
प्रतिक्रिया