काठमाडौं- कीर्तिपूर नगरपालिकाका पूर्वमेयर रमेश मर्हजन नेकपा (एमाले) परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टी प्रवेश गराए।
पूर्वमेयर रमेश महर्जनसँगै वडा नं ६ का पूर्व वडाअध्यक्ष नुच्छे मर्हजन पनि नेकपामा प्रवेश गरेका छन्।
नेकपा मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले नेकपा धेरै कम्युनिष्ट पार्टीहरू मिलेर बनेको बताउँदै यो एकता सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे।
उनले राष्ट्रवादि शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे।
पूर्वमेयर मर्हजनले काठमाडौं–१० मा नेकपाका उम्मेदवार रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने बताए।
प्रतिक्रिया