काठमाडाैं– ग्लोबल आइएमई बैंकले व्यक्तिले बैंकको शाखा कार्यालयमा रहेको ‘किओस्क मेसिन’बाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
ग्लोबल आइएमई बैंकले व्यक्तिले बैंकको शाखा कार्यालयमा रहेको ‘किओस्क मेसिन’बाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
यस अनुसार अब बैंकको काठमाडौं कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट सहज रूपमा बैंक खाता खोल्न सकिनेछ । यसरी खाता खोल्ने क्रममा सम्पूर्ण विवरणहरू किओस्क मेसिन मार्फत प्रदान गर्नुपर्नेछ । तत्पश्चात्, आवश्यक कागजातहरू प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ । हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सलबाट मात्र उपलब्ध रहेको छ ।
यसअघि, बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्सल मार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवाहरू उपलब्ध गराइरहेको थियो । भविष्यमा यस्ता सेवालाई बैंकले अरू स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको छ ।
ग्लोबल आइए मई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
ग्लोबल आइए मई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया