+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसको आधिकारिकता सम्बन्धी निर्णय आजै दिने आयोगको तयारी

पालिका लाइभ
२०८२ माघ २, शुक्रबार

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा आजै निर्णय दिने तयारी गरेको छ। लामो समयदेखि पार्टीभित्र देखिँदै आएको नेतृत्व र वैधानिकताको विवादलाई टुंग्याउन आयोग दबाबमा परेको हो।

आयोगको बैठक बसेर दुवै पक्षबाट पेश गरिएका कागजात, निर्णय विवरण र विधानसम्बन्धी प्रमाणहरू अध्ययन गरिसकेको आयोग स्रोतकाे दाबी छ। निर्वाचन कार्यपालिका नजिकिँदै गएको र दल दर्ता तथा चुनाव चिह्नको विषय टुङ्ग्याउनुपर्ने अवस्था सिर्जना भएकाले आयोग आज रातिसम्म निर्णय सार्वजनिक गर्ने तयारीमा छ।

कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद पछिल्लो समय झनै चर्किएको छ। पार्टीको नाम, चुनाव चिह्न र संगठनिक अधिकार कसको भन्ने विषयमा फरक–फरक दाबी आउँदा कांग्रेसभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमा समेत अन्योल सिर्जना भएको छ। स्थानीय तहदेखि केन्द्रसम्म कार्यकर्ता विभाजित हुँदा पार्टीका नियमित गतिविधि प्रभावित हुँदै आएका छन्।

निर्वाचन आयोगले आधिकारिकता नपाउने पक्षलाई नयाँ दल दर्ता गर्न र चुनाव चिह्न रोज्न कानुनअनुसार समय दिनुपर्ने भएकाले पनि निर्णयमा ढिलाइ गर्न नसक्ने जनाएको छ। यही कारण आयोग चाँडो निर्णय लिन बाध्य भएको हो।

राजनीतिक विश्लेषकहरूका अनुसार आयोगको निर्णयले विवादलाई कानुनी रूपमा टुंग्याए पनि राजनीतिक रूपमा समाधानका लागि कांग्रेस नेतृत्वबीच संवाद र सहमति आवश्यक हुनेछ।

आयोगको निर्णयलाई स्वीकार गर्दै पार्टीभित्र मेलमिलापको प्रक्रिया अगाडि बढाउन सके मात्र दीर्घकालीन समाधान सम्भव हुने उनीहरूको भनाइ छ। आज आउने निर्णयलाई कांग्रेसभित्रको विवाद अन्त्य गर्ने अवसरका रूपमा लिइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ