+
Search

ताजा अपडेट +

पपुलर +

सामाखुसी करिडोरको ढल निर्माण भ्रष्टाचार मुद्दा:

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले पाए विशेष अदालतबाट सफाइ

पालिका लाइभ
२०८२ पुष २२, मंगलवार

काठमाडौं- काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारसहित सबैलाई सफाइ दिएको हो ।

सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते दायर गरेको मुद्दामा अदालतले मंगलबार सातै जनालाई सफाइ दिएको हो।

महानगरले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ कबोल गरेको कल्पवृक्ष-कोहिनुर जेभीलाई ठेक्का दिएपछि १८ करोड ९ लाख २२ हजार रुपैयाँ कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिले दिएको उजुरीका आधारमा अख्तियारले ४ करोड ३१ लाख ७२ हजार भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो।

अख्तियारले परियारसँगै बोलपत्र मूल्यांकन समितिका रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाललाई प्रतिवादी बनाएकामा अदालतले आरोप पुष्टि हुन नसकेको फैसला गेको छ।

‘कल्पवृक्ष-कोहिनुर जेभीको बोलपत्र स्वीकृत गरेको कार्यलाई बद्नियत मान्न सकिने वस्तुनिष्ट आधार देखिंदैन,’ अदालतले आफ्नो संक्षिप्त फैसलामा भनेको छ, ‘प्रतिवादी प्रदीप परियार, रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल उपरको आरोप दाबी पुष्टी हुन नसकेको हुँदा निजहरुले सफाइ पाउने ठहर्छ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ