काठमाडौं– शिक्षामन्त्री महावीर पुनले विद्यालय शिक्षाको बेथिति अन्त्यका लागि स्थानीय तहका अभिभावकहरू नै सक्रिय हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले मन्त्रालयले दिने निर्देशनले स्थानीय तहका विद्यालयहरूमा सुधार नआउने भन्दै अभिभावकहरूले नै तदारुकता देखाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले भनेका छन्- ‘नेपाल भरिका धेरै विद्यालयहरूमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतिकरण हटाउन स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन नगरे सम्म र कडा चेतावनीहरू नदिए सम्म सुधार हुन गाह्रो छ । त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरूलाई दिएको छ । शिक्षा मन्त्रालयले मात्र काठमाडौँबाट निर्देशन दिएर नपुग्ने भयो। लौ त स्थानीय अभिभावकहरू, आफ्नो छोराछोरीहरूको भविष्यको लागि जाग्नुहोस् ।’
प्रतिक्रिया