+
Search

ताजा अपडेट +

पपुलर +

ओलीलाई रवि लामिछानेले भने: ममाथि प्रतिशोध साँध्ने हेलिकप्टरमा झुन्डिएर भाग्नपर्‍यो

पालिका लाइभ
२०८२ पुष ५, शनिबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्ष्य गर्दै आफूप्रति प्रतिशोध साँध्ने नेता हेलिकप्टरमा झुन्डिएर भाग्न परेको टिप्पणी गरेका छन्।

शनिबार चितवनमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूमाथि झुटो मुद्दा लगाउने सरकार अपदस्थ भएको बताए।

ओलीलाई इंगित गर्दै उनले अपदस्थ सरकार हेलिकप्टरमा झुन्डिएर भागे पनि त्यही सरकारले आफूलाई झुन्ड्याइदिएको मुद्दा बोकेर बाँच्नुपरेको गुनासो गरे। उनले भने, ‘मलाई झुटा मुद्दा लगाएर फसाउने सरकारको भागाभाग हामी सबैले देख्यौँ। प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डेर भाग्नपर्‍यो।’

उनले व्यक्तिगत लाभका लागि केही नगरेको जिकिर गर्दै रास्वपा देश र जनताका लागि लड्ने बताए।

प्रतिनिधि सभा निर्वाचनमा जिते पनि मन्त्री हुन पाउँदैन भन्ने प्रश्न सुन्न परिरहेको बताउँदै उनले भने, ‘तपाईं सांसद निर्वाचित भए पनि मन्त्री बन्न पाउनुहुन्न रे भन्दै पत्रकार साथीहरूले प्रश्न गर्नुभयो। यो हुन पाउँदैन रे। ऊ हुन पाउँदैन रे। के मान्छे हुन पाउँछु म? मान्छे मात्रै भएर बाँच्न पाएछु भने पनि म भ्रष्टाचारीविरुद्ध उभिनेछु।’

सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर रवि शुक्रबार मात्र रिहा भएका हुन्। त्यसपछि यो उनको पहिलो राजनीतिक सम्बोधन हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ