+
Search

ताजा अपडेट +

पपुलर +

तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

फाइल तस्बिर
पालिका लाइभ
२०८२ आश्विन ११, शनिबार

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँको बेला समेत तलब निकासा नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘दसैँ तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरी दिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाई सकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ ।’

शिक्षकलाई तलब कसले दिन्छ भन्ने जानकारी समेत मन्त्रीलाई नभएको भन्दै चौतर्फी विरोध भएपछि उनले दोस्रो सूचना जारी गरेका हुन् ।
भोलिसम्म शिक्षकहरूको तलब निकास नगरेमा सम्बन्धी पलिकालाई कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

साथै मन्त्री पुनले स्थानीय पालिकाहरूलाई पनि तलब नरोक्न आग्रह गरेका छन् । ‘शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’ उनले भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ