+
Search

ताजा अपडेट +

पपुलर +

‘गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर अध्यागमन घुस प्रकरण छानबिन गरिएन’

पालिका लाइभ
२०८२ श्रावण २७, मंगलवार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकारले मुलुक र लोकतन्त्रलाई दुर्घटनातर्फ लैजाने बताएका छन् ।

प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा बोल्दै आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाए पनि आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको बताए ।

उनले भने, ‘केही दिनअघि गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको सूचना प्रहरीकहाँ पुग्छ । तर, गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अघि बढ्दैन । लोकतन्त्र मास्न खोज्नेहरू आफू अनुकूलको कानून बनाउँछन् । न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन् । कार्यकारी अधिकार बलियो बनाउँछन् र मिडियामाथि अधिकार जमाउन खोज्छन् ।’

उनले आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाउँदै गर्दा लिचीबारीदेखि कुलिङ पिरियडमाथि बदमासीसम्मको कुरा आउँदा समेत कारबाही नभएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ