+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्युरो अस्पतालमा १० प्रतिशत छुट

पालिका लाइभ
२०८२ श्रावण ९, शुक्रबार

काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्युरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् ।

यससम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दीलिप पोखरेल र अन्नपूर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरि गजुर्‍यालले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार ग्लोबल आईएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले अन्नपूर्ण न्युरो अस्पतालको सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

अन्नपूर्ण न्युरो अस्पतालले उपलब्ध गराउने सेवा हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न सेवा शुल्कमा ग्लोबल आईएमई बैंकका ग्राहकले छुट पाउनेछन् ।

नशा रोगसम्बन्धी सेवाका लागि लोकप्रिय रहेको अन्नपूर्ण न्युरो अस्पतालले अन्य विशेषज्ञ सेवासमेत उपलब्ध गराउँदै आएको छ ।

आफ्ना ग्राहक सुविधा मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर आफ्ना ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ