+
Search

ताजा अपडेट +

पपुलर +

आर्थिक सर्वेक्षण

अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान, नेपालीको प्रतिव्यक्ति आय १,५१७ डलर (पूर्णपाठ)

पालिका लाइभ
२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौं- चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।

अर्थमन्त्री पौडेलले आज (बिहीबार) संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो बताएका हुन्। अर्थतन्त्रका सूचकमा सुधार आएको पौडेलले बताए ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि मंगलबार सार्वजनिक गर्ने भनिएको आर्थिक सर्वेक्षण २०८१/८२ रोकिएको थियो । अर्थमन्त्री विष्णु पौडेलले आज संसद्लाई आर्थिक सर्वेक्षणबारे जानकारी गराएका हुन्। आर्थिक सर्वेक्षणले मुलुकको समग्र आर्थिक सामाजिक स्थितिको प्रतिबिम्बित गर्छ । सरकारले हरेक वर्ष बजेट ल्याउनुअघि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने परम्परा रहेको छ।

सर्वेक्षणले मुख्यतः गत आर्थिक वर्षको पूरा अवधि र चालु आवको आठ महिनासम्मको संघ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक गतिविधि, क्षेत्रगत विकास तथा सुशासनको अवस्था चित्रण एवं विश्लेषण गर्छ ।

दीर्घकालीन विकास लक्ष्य, समसामयिक विषय र नागरिक जीवनस्तर, औद्योगिक उत्पादन र रोजगारीसँग सम्बन्धित सर्वेक्षणको नतिजा समेट समेटिएको हुन्छ ।

चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । यसका साथै प्रतिव्यक्ति कूल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुगेको छ ।

पूर्णपाठ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ