+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपाले पनि गृह मन्त्री लेखकको राजिनामा माग्ने, बोलायो दलको बैठक

पालिका लाइभ
२०८२ जेष्ठ १३, मंगलवार

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिषामा विवादित गृह मन्त्री रमेश लेखकको राजीनामा माग्ने भएको छ।

जसका लागि अहिले १० बजे पार्टी संसदीय दलको बैठक बोलाएको छ ।

सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न लागेको बेला माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज गृहमन्त्री लेखकको राजीनामा माग्ने भएको हो ।

मंगलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए। सो बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल उनले उनले बताएका छन् ।

राप्रपाले यही जेठ १५ गतेदेखि राजसंस्था पुनस्र्थापनाको लागि भन्दै अनिश्चितकालीन आन्दोलन पनि घोषणा गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ