+
Search

ताजा अपडेट +

पपुलर +

१२ मिनेट फरकमा २ भूकम्प, आत्तिएर घरबाट बाहिर निस्किए स्थानीय

पालिका लाइभ
२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडाैं– बैतडी सदरमुकाम भएर भूकम्प भएको छ ।

सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए ।

भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए ।

भूकम्पबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् ।

मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ