पोखरा- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा पुगिसकेको बताएका छन्।
मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढलेमा नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका हुन्।
सरकार ढल्यो भने पहिलोले दाबी गर भनेका छौँ। तेस्रो पार्टीले १८ महिना सरकार चलाएर रेकर्ड बनाएका छौँ, दोस्रोले पनि १ वर्ष चलाएको छ’, उनले भने, ‘अब पहिलोलाई बहुमत एमाले र माओवादी विना पनि पुग्छ। पहिलोले नेतृत्व दाबी गर भन्ने हाम्रो भनाइ हो। बहुमत नै पुगेन भने हामी सोच्छौँ।’
प्रतिक्रिया