कपिलवस्तु– शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि फरार भएका छन् ।
बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा पालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि यसलाई प्रहरीले नै गोप्य राखेको छ । लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको हो ।
अदालतको आदेशपछि चौधरी सम्पर्कविहीन छन् ।
चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको छ । चौधरीको खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
वैशाख ५ गते चौधरीले मध्यरातमा गोली प्रहार भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको भनिए पनि त्यसको वास्तविकता अहिलेसम्म खुलेको छैन ।
प्रतिक्रिया