+
Search

ताजा अपडेट +

पपुलर +

इला होटल–मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

पालिका लाइभ
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं- इला होटल्स एन्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन्।

बैंक र होटल तथा केबलकार लिमिटेडबीच यससम्बन्धी सम्झौता भएको हो।

समझदारीपत्रमा प्रमुख बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स एन्ड रिसोर्ट्स÷मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अरविन्द्र केसीले हस्ताक्षर गरेका छन्।

योसँगै बैंकका ग्राहक तथा कर्मचारीले खानपानमा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत र आवास सेवामा १० प्रतिशत छुट र केबलकारमा यात्रा निःशुल्क पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ