+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराईले भने- कांग्रेस र कम्युनिस्ट एक रुखका २ हाँगा हुन्

पालिका लाइभ
२०८२ बैशाख ३, बुधबार

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राजनीतिमा निष्ठा, मूल्यमान्यता भन्दा सम्पत्तिको मोह हाबी भएको बताएका छन्।

कांग्रेस नेता चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले एकले अर्कालाई निषेधको राजनीतिक त्याग्नुपर्ने बताए।

उनले भने, ‘अहिले विभिन्न ढंगले प्रतिगामी शक्तिहरू सलबलाउन खोजेका छन्। विभाजन ल्याउन खोजेका छन्। जटिल खालको भू-राजनीतिक छ। यस्तो अवस्थामा दलगत चिन्ताभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राखेर लोकतान्त्रिक मूल्य मान्यतामा दृढ रहेर सहकार्य गर्दै अगाडि बढौँ।’

उनले आफू अलिअलि कांग्रेस, अलिअलि कम्युनिस्ट र दुइटै भन्दा अगाडि विचार बोक्ने नयाँ मान्छे भएको बताए।

उनले थपे, ‘०७४ सालको निर्वाचनमा म कम्युनिस्ट पार्टी छाडेर नयाँ शक्तिको अभियानमा थिएँ, शेरबहादुरजी पनि यहाँ हुनुहुन्छ, उहाँकै अडान हो मिलेर जानुपर्छ भन्ने, बोलेसी पक्का अडान लिने मान्छे उहाँ हो, उहाँको बोलेसी पूरा गर्ने अडानको म जहिले पनि प्रशंसा गर्छु । त्यसपछि म नै साझा उम्मेदवार बनेर मामा कहाँ भोट माग्न गएँ (चन्द्रप्रकाश न्यौपाने) मामाले भान्जालाई दक्षिणाचाहिँ म दिन सक्छु तर भोट चाहिँ कांग्रेस बाहेक अरूलाई दिन सक्दिन भन्नु भयो उहाँले, मैले पनि हस् भनेर फर्किएको थिएँ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ