+
Search

ताजा अपडेट +

पपुलर +

जितपुरसिमरा : काफ्लेको रिट खारेज नयाँ प्रमुख प्रशासकिय अधिकृत आउने बाटो खुल्यो

पालिका लाइभ
२०८१ मंसिर १०, सोमबार

काठमाडौं– जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विरुद्धमा दिएको अदालतको अवहेलनाको अर्को रिट माग दाबी नपुगेको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको हाे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले श्रावण ३ गते काफ्लेको काज फिर्ता गर्दै चेतकुमार पोखरेललाई जितपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो । उक्त निर्णयका विरुद्धमा काफ्लेले सर्वोच्च अदालतमा दिएको ०८१–डब्लु ओ–००१६ रिटको सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले खारेज गरिदिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रिक्त सहसचिवको दरबन्दीमा मन्त्रालयका सहसचिव वीरेन्द्र भारतीलाई भाद्र २७ गते पठाउने निर्णय गरेको थियो ।

सहसचिवको दरबन्दीमा कार्यरत उपसचिव उर्मिला काफ्लेले सो निर्णयको विरुद्धमा पनि सर्वोच्च अदालतको अवहेलना भएको भन्दै अर्को रिट दर्ता गराएकी थिइन । सो रिटको सुनवाई गदै रिटमा मागदावी नपुगेको भन्दै अदालतले खारेज गरिदिएको हो ।

दुबै रिट सर्वोच्चका न्यायाधीश फुयाल र ढकालको संयुक्त इजलासले खारेज गरेको हो ।

सर्वोच्चले रिट खारेज गरेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनको लागि बाटो खुलेको छ भने उर्मिला काफ्लेले जितपुरसिमरा छोड्नुपर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पछिल्लो निर्णयले बिरेन्द्रदेव भारतीलाई सहसचिबको दरबन्दिमा पठाउने निर्णय गरेकोले पुनः भारतीलाई पठाउने सम्भावना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ