+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेको प्रश्न– बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिइयो कि लिइएन?

पालिका लाइभ
२०८० माघ २८, आईतवार

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भनेर प्रश्न गरेका छन्।

आइतबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सभापति लामिछानेले अरुण चौधरीको जति कित्ता शेयर छ त्यति नै कित्ता चौधरीको पनि रहेको बताउँदै उनलाई अनुसन्धानको दायरामा ल्याइयो कि ल्याइएन भनी प्रश्न गरेका हुन्।

‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिन अगाडी हिरासतमा राखिएको देखियो। जग्गा हडप्दा चौधरीकै जति शेयर भएका अन्य साझेदारहरूमध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ। तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला। बयान लिइयो कि लिइएन?,’ उनले भने, ‘अरूण चौधरीको जति कित्ता शेयर छ त्यति नै कित्ता अन्यको पनि छ।

उनले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकको वैयक्तिक तथा जैविक विवरण रूजु गर्ने जिम्मा पाएको कुन विदेशी कम्पनी थियो भनेर पनि प्रश्न गरे।

‘राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकको वैयक्तिक तथा जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषद्ले खारेज गरेको समाचार आएको थियो। त्यस्तो निर्णय कसको संलग्नतामा कसरी गरियो भन्ने पत्ता लगाउने कार्यादेशसहित नै प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा समिति गठन गरिएको समाचार आएको थियो। त्यसले रिपोर्ट बुझायो कि बुझाएन? सार्वजनिक किन गर्नुभएन? त्यत्रो राष्ट्रघात भएको कुन विदेशी कम्पनी थियो जनतालाई जानकारी गराउनु पर्दैन?,’ उनले सोधे।

पूर्व गृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापाबारे केही पत्ता लाग्यो कि लागेन भनेर पनि उनले प्रश्न गरे। नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका इन्द्रजित राईका फरार रहेका छोरा निरजबारे पनि उनले चासो राखे।

‘निरजको केही पत्ता लाग्यो कि लागेन? पत्ता लगाउन के–के प्रयास भयो? मुद्दा चलिरहेका बिचौलियाहरूले नाम पोलेका पूर्वगृहमन्त्री रामबहादुर थापाको श्रीमती नैनकला थापाको अनुसन्धानबारे के भयो? यसबारे पनि केही अपडेट छन् भने अपडेट दिनुहोला,’ उनले संसदीय समितिमा भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ