+
Search

ताजा अपडेट +

पपुलर +

महेश बस्नेत र दुर्गा प्रसाईंका प्रदर्शनपछि बालेनको कटाक्ष: मान्छे बनौँ पहिला…

पालिका लाइभ
२०८० मंसिर ८, शुक्रबार

काठमाडौं- काठमाडौंका अलग–अलग स्थानमा एकैदिन (मंसिर ७ गते) मूलतः एकअर्कालाई देखाउन दुर्गा प्रसाईं र महेश बस्नेतले गरेका प्रदर्शनको चर्चा चलिरहेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले भने कवितात्मक शैलीमा कटाक्ष गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत यो देशमा सबैलाई राजा, राष्ट्रपति, प्रधानमन्त्री र नेता मात्रा बन्न मन लागेको तर देशलाई चाहिने मान्छे बन्न कसैलाई मन नलागेको भनी व्यंग्य गरेका हुन्।

उनले लेखेका छन्-

यो देशमा सबैलाई
राजा बन्न मन लाग्यो
राष्ट्रपती बन्न मन लाग्यो
प्रधानमन्त्री बन्न मन लाग्यो

नेता बन्न मन लाग्यो
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जसले धर्तीलाई माया गरोस्
मान्छे बनौँ पहिला
अरू त जनताले बनाइहाल्छन् नि!

एमाले नेता महेश बस्नेतले बिहीबार युवा संघले तीनकुनेमा गरेको कार्यक्रममा बालेन पनि राजा बन्न खोजेको भनी आरोप लगाएका थिए।

बिहीबार कार्यक्रमका क्रममा प्रसाईंको कार्यक्रम स्थल बल्खुमा प्रसाईं समर्थक र युवा संघ समर्थकबीच झडपसमेत भएको थियो।

https://www.facebook.com/balenOfficial/posts/909539117205011?ref=embed_post

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ