+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी संसद बिरोधी पार्टी हो, कांग्रेस कम्युनिष्टको पुच्छर बनेको छः सांसद सिंह

पालिका लाइभ
२०८० भाद्र १, शुक्रबार

काठमाडौं– प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन् ।

बिहीवार सिंहदरबारमा सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । उनले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताए ।

उनले सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका उब्जिएको बताए ।

सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाए ।

अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरुले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए ।

उनले का‌ंग्रेस अहिले कम्युनिष्टहरुको पुच्छर भएको टिप्पणी गरे । उनले नेकपा (माओवादी केन्द्र) शुरुदेखि नै संसद बिरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको बताए ।

उनले भने,‘सरकारले समिति सभापति चयन गर्न नै चाहेको छैन, खासकुरा त्यो हो । ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन सकेको छैन । समिति गठन नभएपछि सरकारलाई गाह्रो हुन्छ, सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति चयन हुन दिइरहेको छैन । सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका छ । अहिले संसद चल्न नसक्नु भनेको दुवै पक्ष मिलेका छन्, तँ कुटेजस्तै गर् म रोएजस्तै गर्छु झैँ गरेर सत्ता पक्ष र प्रतिपक्षले संसदलाई बन्धक बनाएका छन् । किनभने उहाँहरुलाई संसदीय व्यवस्थामा विश्वास नै छैन । अहिले सत्ता पक्ष पनि कम्युनिष्ट हो, प्रमुख प्रतिपक्ष पनि कम्युनिष्ट हो, काँग्रेस त पुच्छर हो त्यहाँ । माओवादी शुरुदेखि संसद बिरोधी पार्टी हो । कुनैपनि कम्युनिष्टमा संसदीय व्यवस्थामा हुँदैन । कम्युनिष्ट प्रणालीमा संसद हुँदैन ।’

सांसद सिंहले कम्युनिष्टहरुलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ