+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा खेलकुद पूर्वाधारका लागि ७ करोड ५५ लाख बजेट

पालिका लाइभ
२०८० असार १, शुक्रबार

पोखरा- गण्डकी प्रदेश सरकारले पूर्वाधारका लागि ७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर आले मगरबाट गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रुपमा विकास गर्न अन्तराष्ट्रियस्तरको कभर्डहलको सम्भाव्यता अध्ययन, क्रिकेट रंगशाला, उच्च उचाइ तालिम केन्द्र, एक स्थानिय तह एक खेल मैदान, जिल्लास्तरमा रंगशाला र विभिन्न खेल मैदान निमार्णका लागि ७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको बताएका छन्।

खेल्छ गण्डकी कार्यक्रमलाई निरन्तरता दिँदै सबैका लागि खेलकुद भन्ने नाराका साथ खेलकुद विकासका लागि विद्यालय तहदेखि नै खेलकुद गतिविधि सञ्चालन गरि प्रतिस्पर्धी खेलाडी उत्पादन गरिने उनले बताए।

खेलाडीको पहिचान र आत्मसम्मानका लागि गण्डकी खेलकुद पदक, खेलाडी कल्याणकारी कार्यक्रम र खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको उनले बताए।

राष्ट्रको तर्फबाट ओलम्पिक खेल प्रतियोगितामा भाग लिएका गण्डकी प्रदेश स्थायी ठेगाना भएका खेलाडीलाई उच्च सम्मान गर्दै खेलाडी प्रोत्साहन बापत भत्ता उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ